होटलमा बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार, ३ जना पक्राउ

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार १०:३१
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । टेकुस्थित एक होटलमा बन्धक बनाइएका एक व्यक्तिको प्रहरीले सकुशल उद्धार गरेको छ। अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले रोडलाईन प्यालेस होटलबाट पीडितको उद्धार गरेको हो।

होटल सञ्चालक शिव बहादुर घर्तीको होटलको कोठा नम्बर १०५ मा पूर्ण बहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरिएको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो। प्रहरीले बोहरालाई घाइते अवस्थामा फेला पारी उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा होटल सञ्चालक घर्तीसहित फपेन्द्र न्यौपाने र धनराज बस्नेतलाई पक्राउ गरिएको छ।

पक्राउ परेका तीनै जनालाई अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए। प्रहरीले घटनाको थप कारणबारे अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.