
काठमाडौं। नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६९ हजार ८ सय ९० रुपैयाँ कायम गरिएको छ।
सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। आज चाँदीको मूल्य तोलामा १३० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँ पुगेको छ।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ९ सय रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि मूल्यमा हेरफेर हुने गरेको व्यवसायीहरूले बताएका छन्।

























