नक्कली उद्धार प्रकरणमा थप २ जना पक्राउ

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार ११:४२
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं। हिमाली क्षेत्रमा पदयात्रामा जाने पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बिमा रकम ठगी गरेको अभियोगमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष ५६ वर्षीय राजेन्द्र बहादुर सिंह र रोयल होलिडेज एडभेन्चरका सञ्चालक २८ वर्षीय सन्दिप तिवारी रहेका छन्। तिवारीलाई फागुन १२ गते र सिंहलाई १३ गते काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विदेशी पर्यटक बिरामी नभए पनि कागजात किर्ते गरी उद्धार गरेको देखाई अन्तर्राष्ट्रिय बिमा कम्पनीबाट रकम दाबी गर्ने गरेको अनुसन्धानमा खुलेको छ। माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स र नेपाल चार्टर सर्भिस जस्ता कम्पनीले मन्त्रालय र विमानस्थलको अभिलेखमा विवरण थपघट गरी किर्ते बिल तयार पार्ने गरेका थिए। यस्तै, काठमाडौँका विभिन्न अस्पतालसँग मिलेर झुटो उपचार रिपोर्ट समेत बनाएर आर्थिक लाभ लिने गरिएको पाइएको छ।

यो प्रकरणले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालको छवि बिगारेको र राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याएको भन्दै प्रहरीले मुलुकी अपराध संहिताको ‘राष्ट्रहित प्रतिकूल काम गर्न नहुने’ दफा र संगठित अपराध निवारण ऐनअनुसार अनुसन्धान अघि बढाएको छ। यस ठगी प्रकरणमा हालसम्म ट्रेकिङ कम्पनी, अस्पताल र हेलिकप्टर कम्पनीका सञ्चालक गरी जम्मा ९ जना पक्राउ परिसकेका छन्।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.