काँकडभिट्टा नाकाबाट ११ अर्ब ५२ करोडको पेट्रोलियम आयात

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १३, बुधबार १७:५३

झापा । चालू आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट मुख्यगरी पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष ६० करोड २० लाख १० हजार रुपैयाँले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त हुने राजस्वमा समेत ६.७० प्रतिशतले वृद्धि भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा पेट्रोलियम पदार्थको आयातबाट मात्रै पाँच अर्ब ६३ करोड ४५ लाख ७३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस अवधिमा ५ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरको ६२ हजार ९३२ किलोलिटर पेट्रोल आयात भएको छ भने ३ अर्ब ८१ करोड २८ लाख रुपैयाँ मूल्यको ४० हजार ३५२ किलोलिटर डिजेल भित्रिएको छ।

अन्य पेट्रोलियम पदार्थको विवरण दिँदै सूचना अधिकारी हुमागाईंले बताएअनुसार सात महिनाको अवधिमा १ अर्ब ४६ करोड ३१ लाख मूल्य पर्ने १४ हजार ९९९ मेट्रिक टन एलपी ग्यास नेपाल भित्रिएको छ। यस्तै ४३ करोड ५८ लाख मूल्यको ४ हजार ७३६ किलोलिटर हवाई इन्धन (एटीएफ) र ११ करोड ३० लाख मूल्य बराबरको १ हजार २१२ किलोलिटर मट्टितेल आयात भएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.