भन्सार छलीका सामानसहित मारुती भ्यान नियन्त्रणमा

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १४, बिहीबार १८:४८

झापा । झापाको बिर्तामोड नगरपालिका–८ गरामनीस्थित मदनपुर–बिर्तामोड सडक खण्डबाट भन्सार छली गरी ल्याइएका सामानसहित एउटा मारुती भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार बिहान करिब ८ बजे भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको डब्लुबी ७४ डब्लु १२९६ नम्बरको सुजुकी मारुती भ्यानलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा हार्डवेयर सामग्री, सवारी साधनका विभिन्न पार्टपुर्जा, एलईडी लाईट, प्रिन्टर मसीलगायतका सामान अवैध रूपमा ल्याइएको फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

उनका अनुसार बरामद सामान र सवारी साधनको अनुमानित मूल्य १० लाख ६८ हजार ५० रुपैयाँ बराबर छ । गाडी र बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.