
काठमाडौं । सुनको मूल्यमा आज (आइतबार) उल्लेख्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ६ सय रुपैयाँ पुगेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७४ हजार ७ सय ७५ रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा २४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ५ हजार १ सय ३१ रुपैयाँ तय गरिएको छ।

























