युद्धको प्रभाव: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० प्रतिशतले बढ्यो

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार १०:१०

काठमाडौं । अमेरिका, इजरायल र इरानबीचको बढ्दो सैन्य संघर्षका कारण विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। एसियाली बजार सोमबार बिहान खुल्नेबित्तिकै ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैको मूल्यमा १० प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।

बीबीसी हिन्दीका अनुसार सुरुवाती वृद्धिपछि मूल्यमा केही सामान्य कमी आए पनि तेलको बजार अझै अस्थिर छ। सोमबार बिहान ५ बजेसम्म ब्रेन्ट क्रुडको मूल्य करिब ९ प्रतिशतले बढेर प्रतिब्यारेल ७९.३० डलर पुगेको थियो भने नायमेक्स ८.५ प्रतिशतको वृद्धिसहित ७२.७० डलर आसपास रहेको छ।

इरान र इजरायलबीचको प्रत्यक्ष युद्धले विश्वव्यापी इन्धन आपूर्तिमा संकट आउने डर बढेको छ। शनिबार बिहान इजरायल र अमेरिकाले इरानमाथि ठुलो हमला गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको समाचार सार्वजनिक भएको छ।

आक्रमणमा इरानी सेनाका चिफ अफ स्टाफ अब्दुल रहीम मौसवी र रक्षामन्त्री मेजर जनरल अजीज नासिरजादेह लगायतका उच्च पदस्थ अधिकारीहरू पनि मारिएका छन्। इरानको नेतृत्व तहमा भएको यो ठुलो क्षतिपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ, जसको सिधा असर अन्तर्राष्ट्रिय तेल बजारमा परेको हो।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.