नेपालमा अभाव होला ? निगम भन्छ, ‘आत्तिनुपर्ने अवस्था छैन’

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १८, सोमबार १६:२५

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले शनिबार संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्वको सुरक्षा स्थिति निकै संवेदनशील बनेको छ । इरानले पनि प्रत्याक्रमण सुरु गरेसँगै विश्वव्यापी पेट्रोलियम आपूर्ति र मूल्यमा गम्भीर असर पर्ने देखिएको छ, जसका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा १३ प्रतिशतसम्म वृद्धि भइसकेको छ । विशेषगरी विश्वको व्यस्त तेल व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ मा अवरोध पुग्न सक्ने चिन्ताले अन्तर्राष्ट्रिय बजार तताएको छ ।

नेपाल आफ्नो सम्पूर्ण इन्धन आपूर्तिका लागि भारतमा निर्भर रहेको र भारतले आफ्नो हिस्सा मध्यपूर्वबाटै आयात गर्ने भएकाले यसको प्रत्यक्ष असर नेपालमा पनि पर्ने आशङ्का उपभोक्तामा देखिएको छ । लगातारका बिदा र सम्भावित अभावको डरले आइतबार बिहानैदेखि काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ । उपभोक्ताहरूले इन्धन सञ्चय गर्न खोज्दा बजारमा एक प्रकारको मनोवैज्ञानिक त्रास फैलिएको छ ।

यद्यपि, नेपाल आयल निगमले भने मध्यपूर्वको तनावका कारण नेपालमा तत्कालै पेट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पारेको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार आपूर्ति प्रणालीमा कुनै अवरोध आएको छैन र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धन ल्याउने पाइपलाइन चौबिसै घण्टा सञ्चालनमा छ । उनले बजारमा देखिएको भिड केवल मनोवैज्ञानिक त्रासको परिणाम भएको बताएका छन् ।

निगमले उपभोक्ताहरूलाई अनावश्यक रूपमा नआत्तिन र इन्धन सञ्चय नगर्न आग्रह गरेको छ । प्रवक्ता ठाकुरले आपूर्ति निरन्तर भइरहेकाले हालको विश्व परिस्थितिबाट नेपालको इन्धन वितरण प्रणालीमा कुनै प्रभाव नपर्ने दाबी गरे ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.