
विराटनगर । नेपालीमा बजारमा सुनचाँदीको मूल्यमा दैनिक घटबढ हुने क्रम जारी रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनको मूल्य तोलाको ३ लाख २८ हजार ६ सय रूपैयाँ कायम भएको छ । सोमबार प्रतितोला सुन ३ लाख २६ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
चाँदीको मूल्य प्रतितोला ५ हजार ८ सय १५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार चाँदी ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

























