
काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार पाँच सय रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला तीन लाख १३ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तीन लाख १६ हजार नौ सय रुपैयाँ कायम भएको छ । यस्तै, १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ७१ हजार छ सय ९० रुपैयाँ तोकिएको छ ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला पाँच हजार चार सय ७५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य चार हजार छ सय ९४ रुपैयाँ कायम गरिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ ।

























