
काठमाडौं। नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६८ हजार ५ सय २० रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ४ सय १० रुपैयाँ कायम भएको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ६ सय ३८ रुपैयाँ तोकिएको छ।

























