सेयर बजार : साढे ७ महिनायताकै उच्च २१ अर्ब ५० करोडको कारोबार

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २६, मंगलबार १७:३२

काठमाडौं। निर्वाचनपछिको सेयर बजारमा मंगलबार उल्लेख्य उत्साह देखिएको छ । यस दिन साढे ७ महिनायताकै उच्च २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यसअघि गत साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो भने आजको कारोबार रकम त्यसयताकै सबैभन्दा धेरै हो । अघिल्लो दिन बजारमा ६ प्रतिशतको सकारात्मक सर्किट लागेर कारोबार छिटै स्थगित भएकाले आज लगानीकर्ताको चाप उच्च देखिएको हो ।

कारोबार रकममा कीर्तिमान कायम भए तापनि नेप्से परिसूचक भने ३२.०८ अङ्क (१.११ प्रतिशत) ले घटेर २८४३ विन्दुमा कायम भएको छ । बजार सुरु हुँदा तीव्र उतारचढाव देखिए पनि अन्तिम समयमा केही सम्हालिएको थियो । आज ७८ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

निर्जीवन र जीवन बीमा समूहमा सामान्य सुधार देखिए पनि बैंकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत् र होटल लगायतका अन्य सबै उपसमूहका सूचकहरू घटेका छन् ।

आज रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यस्तै थ्रीस्टार हाइड्रोपावर र कालिका पावरका लगानीकर्ताले पनि राम्रो नाफा कमाएका छन् ।

अर्कातर्फ हिमस्टार ऊर्जाको मूल्यमा सबैभन्दा धेरै ६.३६ प्रतिशतको गिरावट आएको छ । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूमा ङादी ग्रुप, आँखुखोला जलविद्युत् र अपी पावर अग्रस्थानमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.