सर्वोच्च अदालतमा नेतृत्व फेरिने तयारी: ६ न्यायाधीशको नाम सिफारिस

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार १०:३२

काठमाडौं । सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढेको छ। न्याय परिषद्ले संवैधानिक परिषद्को सचिवालयमा योग्यता पुगेका ६ जना न्यायाधीशको नामावली (रोस्टर) पठाएको छ।

वर्तमान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी चैत १८ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनको स्थानमा नेतृत्व सम्हाल्न सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीशका रूपमा काम गरिसकेका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ।

नेपालको संविधानको धारा १२९ अनुसार प्रधानन्यायाधीश पदमा नियुक्त हुन सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने प्रावधान छ। सोही प्रावधान अनुसार योग्यता पुगेका सबै न्यायाधीशको नाम परिषद्ले पठाएको हो।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्ले यी नाममध्येबाट एक जनालाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ। त्यसपछि उक्त नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाइनेछ। संसदीय सुनुवाइ समितिले उजुरी आह्वान र सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ।

संविधानको धारा २८४ को उपधारा ३ मा पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर, हालको अवस्थामा यो समयसीमा नाघिसकेको देखिन्छ। जेन–जी आन्दोलनपछि निर्वाचित नयाँ सांसदहरूको शपथ ग्रहण लगायतका प्राविधिक कामहरू टुङ्गो नलागिसकेकाले यो प्रक्रियामा केही ढिलाइ हुने देखिएको छ।

यदि समयमै नियुक्ति प्रक्रिया टुङ्गिएन भने न्यायालय पुनः कायममुकायम (कामु) को भरमा चल्ने जोखिम बढेको छ। यसअघि दामोदर शर्मा, दीपककुमार कार्की र हरिकृष्ण कार्कीले लामो समयसम्म कामु प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व सम्हालेका थिए।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.