
काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्यले नयाँ उचाइ लिइरहेको छ।
सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।

























