
धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ पानबारी सुकुम्बासी टोलबाट प्रतिबन्धित लागुऔषधसहित चार जना युवक पक्राउ परेका छन् ।
प्रहरी चौकी पानबारीबाट मंगलबार साँझ ७ बजेतिर खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय युवराज लिम्बू, २० वर्षीय उत्सव विक, २६ वर्षीय सौगात कटुवाल र २६ वर्षीय रुपेश राई रहेका छन् ।
उनीहरूको साथबाट ट्रामाडोल २४० क्याप्सुल र डिकोलिक २३५ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । चारै जनालाई लागुऔषधसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

























