सेयर बजारमा ४६ अंकको गिरावट: नेप्से २७९६ विन्दुमा झर्यो

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २७, बुधबार १६:२०

काठमाडौं। स्थानीय सेयर बजारमा बुधबार ४६.७८ अंकको गिरावट आएको छ । सो घटाइसँगै नेप्से परिसूचक २७९६ अंकमा झरेको छ । बजार खुलेको पहिलो एक घण्टा उतारचढाव देखिए पनि त्यसपछि बजार निरन्तर ओरालो लागेको हो ।

यसअघि सोमबार सकारात्मक सर्किट ब्रेक लागेर २८७५ अंकसम्म पुगेको नेप्से त्यसयताका दुई दिनमा ७९ अंकले घटिसकेको छ । बुधबार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा ३८ प्रतिशतले कमी आएको छ । मंगलबार २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।

समूहगत रूपमा हेर्दा व्यापार समूह सबैभन्दा धेरै ३.४ प्रतिशतले घटेको छ । यस्तै बैंकिङ १.८२, विकास बैंक १.६१, फाइनान्स २.०८, होटल तथा पर्यटन १.५६, हाइड्रोपावर ०.७१, लगानी १.८७, जीवन बीमा १.९८, उत्पादन तथा प्रशोधन १.४३, माइक्रोफाइनान्स १.६४, निर्जीवन बीमा ०.९७ र अन्य समूह १.८३ प्रतिशतले घटेका छन् ।

बजार घटे पनि साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको छ । रिलायन्स स्पिनिङ मिल्सको ९.३३ र रिडी पावरको ५.७२ प्रतिशतले मूल्य बढ्यो । यता कालिका पावरको मूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशतले घट्दा पन्चकन्या माइ हाइड्रोपावरको ५.७७, थ्रीस्टार हाइड्रोपावरको ५.३७ तथा ट्रेड टावरको ४.४७ प्रतिशतले मूल्य ओरालो लागेको छ ।

आज रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप धेरै कारोबार हुने कम्पनीको सूचीमा परेका छन् ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.