
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ ।
१० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको प्रहरीले बताए ।
यसअघि फागुन २६ गते पनि सुन यही मूल्यमा कारोबार भएको थियो । तर चाँदीको मूल्य भने आज घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाए ।
१० ग्राम चाँदीको मूल्य ४ हजार ७२८ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँ र १० ग्राम ४ हजार ९०४ रुपैयाँमा कारोबार भएको महासंघले बताए ।

























