
काठमाडौं । धनुषा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
कालाेसूचीमा रहेका साहकाे उम्मेदवारी निर्वाचन आयाेगले रद्द गरेकाे थियाे । गलत ढंगले आफ्नो नाम कालोसूचीमा राखिएको दाबीसहित साह सर्वोच्च अदालत पुगेका थिए । न्यायाधीश सारंगा सुवेदीको इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
यो आदेशसँगै साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय प्रभावित भएकाे छ । आयाेगले क्षेत्र नम्बर १ मा साहकाे उम्मेदवारी खारेज भएका कारण नेकपा उम्मेदवार मातृका यादवलाई निर्वाचित भएकाे प्रमाणपत्र दिइसकेकाे छ ।

























