ग्यास लिन उपभोक्ताको भीड, मोरङमा अभाव नभएको उद्योगीको दाबी

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार १०:३९

विराटनगर । मोरङका विभिन्न स्थानमा खाना पकाउने ग्यासका लागि डिलरहरूमा उपभोक्ताको भीड लाग्न थालेको छ। सरकार र ग्यास व्यवसायीबीच बिहीबार भएको छलफलपछि शुक्रबारदेखि आपूर्ति सहज बनाउन आधा सिलिन्डर (७.१ केजी) ग्यास उपलब्ध गराउने सहमति भएसँगै विराटनगरका डिलरहरूमा बिहानैदेखि खाली सिलिन्डर बोकेर उपभोक्ता पुगेका छन्।

कोशी प्रदेशदेखि मधेश प्रदेशको सिराहासम्म आपूर्ति गर्दै आएको कोशी ग्यासका प्रबन्धक सचित उपाध्यायले भने बजारमा एलपीजी ग्यासको अभाव नभएको बताए। विश्वको वर्तमान परिस्थितिलाई हेरेर उपभोक्ताले घरमा ग्यास सञ्चित गर्ने प्रवृत्तिले गर्दा बजारमा केही समस्या देखिएको उनको भनाइ छ।

उपाध्यायले भने, ‘भारतीय आयल निगमबाट पूरै कोटाको ग्यास आपूर्ति भइरहेको छ, यहाँ केही समस्या छैन।’ कोशी ग्यासले मात्र आफ्नो क्षेत्रमा मासिक २ लाख सिलिन्डर र विराटनगरमा मात्रै मासिक ४० हजार सिलिन्डर खपत गर्दै आएको उनले जानकारी दिए।

यता एलपीजी ग्यास विक्रेता संघ मोरङका पूर्व अध्यक्ष गणेश साहले भने बजारमा देखिएको समस्यामा सरकारी निकायको कमजोरी रहेको बताए। एकै घरमा ५ देखि ७ वटासम्म ग्यास सिलिन्डर सञ्चित गर्ने प्रवृत्ति हटाउन वाणिज्य कार्यालय र सरकारी निकाय उदासिन देखिएको उनको आरोप छ।

विगतमा नाकाबन्दीका बेला कार्ड प्रणाली सुरु गरिए पनि पछि त्यसलाई निरन्तरता नदिँदा अहिले समस्या बल्झिएको उनले बताए। विराटनगरमा हाल कोशी, सुविधा, त्रिशक्ति, प्रिमा, कन्काई, मेची र रिजाल लगायत १० वटा ग्यास कम्पनीको उत्पादन बिक्री वितरण हुँदै आएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.