प्रतिबन्धित औषधिसहित फार्मेसी सञ्चालिका पक्राउ

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३०, शनिबार १२:१५
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध र गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। फागुन २९ गते सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकमा फार्मेसी संचालन गर्दै आएकी एक महिला र विराटनगरबाट गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका हुन्।

सुनसरीको औरावनी चोकमा ‘शिवमहिमा मेडिकल हल’ संचालन गर्दै आएकी ३२ वर्षीया मोनिका चौधरीलाई प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिइएको छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्ने चौधरीले फार्मेसीबाट प्रतिबन्धित औषधि बिक्री गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहबीको संयुक्त टोलीले खानतलासी गर्दा उक्त मेडिकल हलबाट ११० क्याप्सुल ट्रामाडोल र २ हजार ८ सय २० ट्याब्लेट स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारेको छ। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताए।

त्यसैगरी, मोरङको विराटनगर–३ बरगाछी चोकबाट ११ किलो ५२ ग्राम गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत अररियाका पृथ्वी कुमार सिंह र कृष्ण कुमार सिंह रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका दुवै घटनाका अभियुक्तहरूमाथि प्रहरीले आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान अगाडि बढाएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.