
काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो।
गत शुक्रबार प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर आज १० ग्रामको २ लाख ६५ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख ६९ हजार ३७५ रुपैयाँ रहेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा २२५ रुपैयाँले कम हो। शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४९५ रुपैयाँ थियो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५१८ रुपैयाँ कायम भएको छ।

























