८ महिनामा साढे ७ खर्ब राजस्व

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १, आइतबार १४:०३

काठमाडौं। सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा ७ खर्ब ४७ अर्ब २८ करोड ५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३.७५ प्रतिशतले बढी हो। गत वर्ष फागुन मसान्तसम्म ७ खर्ब २० अर्ब २४ करोड ६६ लाख रुपैयाँ राजस्व उठेको थियो।

सङ्कलनमा वृद्धि देखिए पनि सरकारले राखेको लक्ष्य भने पूरा हुन सकेको छैन। फागुन मसान्तसम्म ९ खर्ब १० अर्ब २० करोड ३३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा हालसम्म ८२.१० प्रतिशत मात्र प्रगति हासिल भएको छ। फागुन महिनामा मात्रै सरकारले ८२ अर्ब २५ करोड ५६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

यस अवधिमा भन्सार महसुलतर्फ १ खर्ब ४४ अर्ब ५० करोड १४ लाख रुपैयाँ सङ्कलन भएको छ। यो गत वर्षको तुलनामा ८.१२ प्रतिशतको वृद्धि हो। त्यस्तै, राजस्वको मुख्य आधार मानिने मूल्य अभिवृद्धि कर (भ्याट) मा ७.३५ प्रतिशतले वृद्धि भई २ खर्ब २५ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अन्तःशुल्क सङ्कलनमा भने दोहोरो अङ्कको सुधार देखिएको छ। अन्तःशुल्क गत वर्षको तुलनामा १०.४४ प्रतिशतले बढेर १ खर्ब २० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ।

व्यापारिक गतिविधि र अन्य क्षेत्रमा सुधार देखिए पनि आयकर र गैर–कर राजस्वमा भने गिरावट आएको छ। आयकर गत वर्षको तुलनामा १.४२ प्रतिशतले घटेर १ खर्ब ७० अर्ब ८० करोड ४१ लाख रुपैयाँमा खुम्चिएको छ। यस्तै, गैर–कर राजस्वतर्फ १३.३१ प्रतिशतको उल्लेख्य गिरावट आएको छ। शिक्षा सेवा शुल्क र अन्य साना शीर्षकमा भने ६६.६२ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको छ।

विभागीय रूपमा हेर्दा भन्सार विभागले लक्ष्यको ७९.३१ प्रतिशत र आन्तरिक राजस्व विभागले ८१.३८ प्रतिशत प्रगति हासिल गरेका छन्। आर्थिक वर्षको अन्तिम चार महिना बाँकी रहँदा लक्ष्य र सङ्कलनबीचको खाडल पुर्न सरकारलाई थप दबाब देखिएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.