जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभा र उदयपुरमा २ जना पक्राउ

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २, सोमबार १३:१९
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर। संखुवासभा र उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २ जना पुरुषलाई नियन्त्रणमा लिएको छ। छुट्टाछुट्टै स्थानमा भएका यी घटनाका आरोपितहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

संखुवासभाको चैनपुर नगरपालिका–३ का २० वर्षीय दावा शेर्पा १० वर्षीया बालिकामाथि करणी गरेको आरोपमा पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती गरेको उजुरी परेलगतै इलाका प्रहरी कार्यालय वानाबाट खटिएको टोलीले शेर्पालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यस्तै, उदयपुरमा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–५ भोर्लेका ३५ वर्षीय भेष बहादुर श्रेष्ठ पक्राउ परेका छन्।

श्रेष्ठले महिलालाई जबरजस्ती गरेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई आइतबार साँझ नै नियन्त्रणमा लिएको हो। प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउँदै थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.