अख्तियार प्रमुखको हत्या योजनामा क्यानका पूर्वडीजीको स्वीकारोक्ति

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार ०७:०२
क्यानका पूर्वडीजी प्रदीप अधिकारी ।

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक (पूर्वडीजी) प्रदीप अधिकारीले अख्तियार प्रमुखसहित उच्च तहका व्यक्तिहरूको हत्या योजना बनाउन रकम दिएको स्वीकार गरेका छन् ।

प्रहरी हिरासतमा रहेका अधिकारीले प्रारम्भिक बयानमै अभियुक्त प्रकाश पाठक लाई २ करोड रुपैयाँ दिएको बताएका हुन् । प्रहरीका अनुसार यो प्रकरणमा संगठित अपराध, आपराधिक षड्यन्त्र र विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहित १० जना ‘भीआईपी’ लाई धम्क्याउन करिब १० करोड रुपैयाँको योजना बनेको र त्यसैमध्ये २ करोड ‘सुपारी’ दिइएको अनुसन्धान अधिकारीहरुको दाबी छ । अधिकारीहरूका अनुसार उक्त रकम हुन्डीमार्फत फिलिपिन्स पठाइएको थियो ।

प्रारम्भिक बयानमा अधिकारीले व्यापारिक प्रयोजनका लागि पैसा दिएको दाबी गरे पनि उनी र पाठकबीचको फोन सम्पर्कलाई प्रहरीले मुख्य प्रमाण मानेको छ । पठाइएको रकमबाट पाठकले फिलिपिन्समा अपार्टमेन्ट खरिद गरेको खुलेको छ ।

यसअघि इन्टरपोलको सहयोगमा ‘रेड नोटिस’ जारी गरी पक्राउ गरिएका पाठकले पनि उक्त रकम लिएको स्वीकार गरिसकेका छन् । उनीमार्फत उच्च तहका व्यक्तिहरूलाई धम्कीपूर्ण सन्देश पठाइएको प्रहरीको निष्कर्ष छ ।

अख्तियारले नलिन्चोक हेलिप्याड र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी भ्रष्टाचार प्रकरणमा अधिकारीमाथि अनुसन्धान गरिरहेको थियो । त्यसबाट बच्न उनले अख्तियार प्रमुखसहितको हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले अधिकारी र पाठकविरुद्ध थप अनुसन्धान गरिरहेको छ । क्यानका पूर्वडीजीको स्वीकारोक्तिसँगै घटनाले नयाँ मोड लिएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.