झापाको भद्रपुरबाट ७ जना पक्राउ

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार ०९:१९

झापा । झापाको भद्रपुरबाट ७ जना पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा दुईवटा अलगअलग स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । भद्रपुर नगरपालिका–६ स्थित श्रवण यादवको घरमा मंगलबार राति ९ः३० बजेतिर प्रहरीले छापा हानेको थियो ।

यादवको भान्सा कोठाको किचनर्याकभित्र ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । त्यसलगत्तै प्रहरीले ३१ वर्षीय यादवसहित भद्रपुर–६ का २० वर्षीय गणेश राजवंशी र २६ वर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको छ ।

त्यस्तै, भद्रपुर–५ बसपार्क क्षेत्रमा रहेका व्यक्तिहरुबाट राति २२ः३० बजेतिर प्रहरीले ११ ग्राम २०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर–५ का ३० वर्षीय सुभम साह, भद्रपुर–४ का ३० वर्षीय जयकरण कहार, भद्रपुर–६ का ३५ वर्षीय दुलाल सेख र २९ वर्षीय मोहम्मद अमिर बाबु रहेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.