दीर्घकालीन परियोजनामा लगानी बढाउन अर्थमन्त्री खनालको जोड

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ४, बुधबार १६:२५

काठमाडौं। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजनाहरूमा नागरिक लगानी कोष जस्ता संस्थाहरूले लगानी गर्नुपर्ने बताएका छन्। कोषको ३६ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बूढीगण्डकी जलविद्युत आयोजना जस्ता ठूला परियोजना अघि बढाउन सरकारले स्वीकृति दिइसकेकाले यस्ता क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिए।

अर्थमन्त्री खनालले विद्यमान कर प्रणालीमा सुधारको आवश्यकता औंल्याउँदै दोहोरो कर हटाउनु पर्ने बताए। ‘कर प्रणालीमा समानता र नीतिगत सहजता अनिवार्य छ,’ उनले भने। आफ्नो कार्यकालमा दोहोरो करको विषय पूर्ण रूपमा समाधान हुन नसके पनि आगामी सरकारले यसलाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास उनले व्यक्त गरे।

बजारमा रहेको अधिक तरलता न्यूनीकरणका लागि सरकारले १५ देखि २० वर्ष अवधिको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको जानकारी समेत उनले दिए। यस्ता दीर्घकालीन ऋणपत्रले आर्थिक स्थायित्व कायम गर्न सहयोग पुग्ने उनको भनाइ छ।

उनले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलबाट नयाँ आयोजनाहरू अघि बढाउन सकिने धारणा राखे। विशेष गरी कृषि परियोजनाका लागि भूमिको हदबन्दी हटाउने जस्ता नीतिगत सुधार गरेर उत्पादनमूलक क्षेत्रमा लगानी भित्र्याउन सकिनेमा उनले जोड दिए।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.