श्रीमानद्वारा श्रीमतीको गोली हानी हत्या, आफैँमाथि पनि प्रहार

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ५, बिहीबार ०९:५१
सांकेतिक तस्बिर

कैलाली। कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँमा एक व्यक्तिले श्रीमतीको गोली हानी हत्या गरेका छन्। ३१ वर्षीय रामबहादुर मगरले २७ वर्षीया श्रीमती सञ्जिता मगरको हत्या गरेपछि आफैँमाथि पनि गोली प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। आफैँलाई गोली हानी घाइते भएका रामबहादुरलाई बेहोस अवस्थामा फेला पारी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइएको छ।

बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमान्–श्रीमतीबीच विवाद भएको स्थानीयले बताएका छन्। सोही क्रममा रामबहादुरले आफ्नो साथमा रहेको भरुवा बन्दुकले श्रीमतीलाई प्रहार गरेका हुन्।

स्थानीयले जानकारी दिएपछि बुधबार राति नै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ। मृतकका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.