
विराटनगर । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (आज) सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ। हिजो (बिहीबार) सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, सुनसँगै चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

























