बजेट तर्जुमा: कोशी प्रदेशका उद्योगीका १० बुँदे माग

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ६, शुक्रबार १८:५२
बजेट तर्जुमा: कोशी प्रदेशका उद्योगीका १० बुँदे माग

विराटनगर । आगामी आर्थिक वर्ष २०८३ / ०८४ को बजेट तर्जुमाका लागि नेपाल राष्ट्र बैंकले विराटनगरमा आयोजना गरेको पूर्व बजेटकालीन अन्तरक्रियामा कोशी प्रदेशका उद्योगीव्यवसायीहरूले अर्थतन्त्र सुधारका लागि विशेष मागहरू राखेका छन् ।

साना, मझौला, उत्पादनमूलक र समस्यामा भएका उद्योगलाई राहत दिन सुविधा, कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरण लगायतका सुविधा उपलब्ध गराउन उद्योगीव्यवसायीले माग गरेका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले समस्यामा रहेका साना तथा मझौला उद्योगलाई राहत दिन कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्नुपर्नेमा जोड दिए । उनले उद्योगीहरूसँग बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा, नवीकरण गर्दा विभिन्न विषयको नाममा लिने चर्को बिमा शुल्क घटाउन र वैधानिक माध्यमबाट रेमिटेन्स पठाउनेका परिवारलाई सहुलियत दरमा ‘विशेष उद्यमी कर्जा’ दिन माग गरेका छन् ।

स्टार्टअप कर्जा ब्याजदर साबिक झैँ २ प्रतिशतमा उपलब्ध गराइने व्यवस्था गर्नुपर्ने, राष्ट्र बैंकमार्फत निर्यातजन्य उद्योगलाई चालु पुँजी कर्जा ८० प्रतिशतसम्म लिन पाउने व्यवस्था हुनुपर्ने, कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि संस्थागत व्यावसायिक कृषि आयमा आय कर छुट दिनुपर्ने, जेन्जी आन्दोलनमा निजी क्षेत्रको क्षति धेरै भएकाले मौद्रिक नीतिमार्फत सम्बोधन हुनुपर्नेमा उद्योगी व्यवसायीहरूले माग गरेका थिए ।

उनीहरूले अत्यधिक बैंक बिदाका कारण उद्योग / व्यवसाय क्षेत्रका बै‌‌किङ कारोबारमा प्रतिकुल असर पर्ने भएकाले बैंकहरुमा समेत वार्षिक अधिकतम १३ दिन (श्रमिक सरह) मात्र बिदा हुने व्यवस्था गर्न सुझाव दिए । आयात अत्यधिक र निर्यात कमजोर हुँदा नेपालको व्यापार घाटा लगातार बढी रहेकाले समग्र अर्थतन्त्रमा दबाब परेको भन्दै सोही अनुसारको मौद्रिक नीति आउनु पर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकका निर्देशक राजनकृष्ण पन्तले देशका विभिन्न क्षेत्रबाट संकलित यी सुझावहरूलाई समेटेर सरकारलाई पूर्व बजेटकालीन प्रतिवेदन बुझाइने बताए । कार्यक्रममा कोशी प्रदेशका कृषक, उद्योगी, व्यवसायी र बैंकरहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.