
काठमाडौं। आइतबार सुनको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (आइतबार) तोलामा १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा आइपुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४१ हजार ७ सय ७० रुपैयाँ तोकिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ।
चाँदीको मूल्य तोलामा ३ सय ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ४० रुपैयाँ कायम भएको छ। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ८ सय ९४ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्यमा ठूलो प्रभाव परेको हो।



















