‘फन रन २०२६’ सफलतापूर्वक सम्पन्न, महिला सशक्तीकरण र समावेशितामा जोड

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ८, आइतबार ११:४७

ललितपुर । हायर ग्राउन्ड नेपालद्वारा आयोजित ‘फन रन २०२६’ जावलाखेल फुटबल मैदानमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा २ हजार भन्दा बढी सहभागीको उत्साहजनक उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय महिला महिनाको अवसरमा आयोजना गरिएको ५ किलोमिटर फन रनरवाकले विभिन्न उमेर समूह र पृष्ठभूमिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउँदै महिला सशक्तीकरण, समावेशिता, समानता र सामाजिक एकताको सन्देश प्रवाह गरेको छ ।

कार्यक्रमले लैङ्गिक असमानता न्यूनीकरण तथा सामाजिक र संरचनात्मक अवरोधहरू हटाउने विषयमा सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो । मञ्जली शाक्य बज्राचार्य, ललितपुर महानगरपालिकाकी उपमेयरले आफ्नो गरिमामय उपस्थितिले कार्यक्रममा शोभा बढाए ।

सहभागीहरूले ललितपुरका भानिमण्डल, ठाडोढुंगा, सानेपा लगायतका क्षेत्र हुँदै ५ किलोमिटर दूरी पार गरी जावलाखेल फुटबल मैदानमा नै समापन गरेका थिए । सहज र समथर मार्गका कारण परिवार, युवा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा जावलाखेल व्हीलचेयर स्पोट्र्स क्लब र निर्मला फाउन्डेसनको सहकार्यमा ह्वीलचेयर दौड आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.