
धरान । सुनसरीको धरान उपमहानगरपालिका–१५ कन्चनलाइनस्थित शिखर खाजा घरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको टोलीले आइतबार राति ९ः२० बजेतिर धरान–१५ का ३१ वर्षीय अजय खड्गी र ३१ वर्षीय विशाल राईलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन २९० ट्याब्लेट र डिकोलिक ३२० ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























