
विराटनगर । भारतको पानीट्यांकी पुगेर आएका सर्लाही घर भएका एक जना युवक झापामा पक्राउ परेका छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–४ का ३१ वर्षीय सनम बुर्जा मगर आइतबार साँझ पक्राउ परेका हुन् । सीटी सफारीमा सवार रहेका मगरलाई मेचीनगर नगरपालिका–६ मेची पुलबाट पक्राउ साँझ ६ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने पदार्थ ८७ ग्राम ५४० मिलिग्राम बरामद भएको छ । मगर अर्जुनधारा नगरपालिका–११ बसपार्कमा डेरा लिएर बस्दै आएको पाइएको छ ।
मगरमाथि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीलको तयारी छ ।

























