विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ बिहीबारदेखि 

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत ९, सोमबार १८:३७
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ बिहीबारदेखि 

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा ‘घर निर्माण प्रदर्शनी’ चैत १२ गतेदेखि १६ गतेसम्म विराटनगरमा सञ्चालन हुने भएको छ । निर्माण क्षेत्रलाई समग्र रूपमा समेट्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रदर्शनीमा थिमेटिक सेसनमार्फत विभिन्न महत्त्वपूर्ण विषयमा छलफल तथा अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।

विराटनगरस्थित जैन भवनमा ५ दिने प्रदर्शनीमा ४ दिनभित्र ४ फरक थिमअन्तर्गत ११ वटा सेसन आयोजना गरिने छ । ती सेसनमा निर्माण क्षेत्रका अनुभवी विज्ञ तथा प्राविधिकहरूको सहभागिता रहने छ ।

‘सुरक्षित र सही निर्माण: मापदण्ड, गुणस्तरीय सामग्री तथा जोखिम न्यूनीकरण’ शीर्षकमा ४ वटा सेसन हुने छन् । यसअन्तर्गत घर निर्माणका मापदण्ड, निर्माण सामग्रीको गुणस्तर परीक्षण, विद्युतीय तथा अग्नि सुरक्षा प्रणाली र घर सुरक्षा अभ्यास जस्ता विषयमा गहन छलफल गरिने छ ।

त्यसैगरी, ‘स्मार्ट डिजाइन: वास्तु, इन्टेरियर र प्राविधिक योजना’ विषयमा २ वटा सेसन आयोजना गरिने छ । आधुनिक घरका लागि आवश्यक वास्तु शास्त्र, यसको व्यवहारिक प्रयोग तथा इन्टेरियर डिजाइनका अवधारणाबारे विशेषज्ञहरूले जानकारी दिने छन् ।

त्यस्तै, ‘स्मार्ट घर र आधुनिक जीवनशैली’ थिमअन्तर्गत घर अटोमेसन, आधुनिक जीवनशैली तथा सोलार प्रणालीसम्बन्धी २ वटा सेसनमा अन्तरक्रिया हुनेछ ।

प्रदर्शनीको अन्तिम दिन चैत १६ गते ‘मर्मत सम्भार तथा ट्रिटमेन्टः संरक्षण, मर्मत र भवन आयु वृद्धि’ विषयमा ३ वटा सेसन आयोजना गरिने छ । यसअन्तर्गत छत चुहिने समस्या समाधान, धमिरा नियन्त्रण, पुराना भवन सुदृढीकरण तथा रेट्रोफिटिङ जस्ता विषयमा छलफल हुने उद्योग संगठन मोरङले जनाएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुसार कोशी प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको यस प्रदर्शनीमा सहभागीहरूलाई निर्माण क्षेत्रका विभिन्न आयामबारे जानकारी दिनुका साथै विषय विज्ञसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गर्न थिमेटिक सेसन समावेश गरिएको हो ।

उनले प्रदर्शनी अवधिभर सेसन बाहेक पनि निर्माण क्षेत्रका प्राविधिकहरूसँग निःशुल्क परामर्श लिन सकिने जानकारी दिए । प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित झन्डै ७० भन्दा बढी कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादन प्रदर्शन गर्ने छन् । काठमाडौं बाहिर पहिलो पटक आयोजना हुन लागेको यस कार्यक्रमका लागि आयोजकले निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।

निर्माण क्षेत्रसँग सरोकार राख्ने सर्वसाधारणदेखि व्यवसायी र प्राविधिकसम्मका लागि यो प्रदर्शनी उपयोगी तथा जानकारीमूलक बन्ने अपेक्षा गरिएको अध्यक्ष राठीले बताए ।

 

तपाइको प्रतिक्रिया
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.