छारे रोगविरुद्ध न्युरो हस्पिटलको सचेतना र्‍याली: ‘झारफुक होइन, उपचार रोजौँ’

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १२, बिहीबार १८:०८
 छारे रोगविरुद्ध न्युरो हस्पिटलको सचेतना र्‍याली: ‘झारफुक होइन, उपचार रोजौँ’

विराटनगर । विश्वभर मार्च २६ का दिन मनाइने ‘पर्पल डे’ (विश्व छारे रोग सचेतना दिवस) का अवसरमा विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टिस्पेशियलिटी हस्पिटलले जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ । छारे रोगका बारेमा समाजमा व्याप्त अन्धविश्वास र भ्रमहरूलाई चिर्दै सही जानकारी प्रवाह गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

अस्पतालको प्राङ्गणबाट सुरु भएको उक्त र्‍याली नगर परिक्रमाको क्रममा हस्पिटल चोक, जिल्ला प्रशासन कार्यालय, गोल्छा चोक, मेनरोड, ट्राफिक चोक र महेन्द्र चोक हुँदै पुनः अस्पतालमा पुगेर समापन भएको थियो । र्‍यालीमा सहभागीहरूले बैजनी रंगको टिसर्ट लगाएका थिए भने उनीहरूले हातमा छारे रोग सम्बन्धी सचेतनामूलक नाराहरू लेखिएका प्लेकार्ड र ब्यानरहरू बोकेका थिए ।

र्‍यालीमा अस्पतालका अध्यक्ष एवं वरिष्ठ न्युरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्ट, अपरेसनल डाइरेक्टर राजेश भट्टराई, वरिष्ठ न्युरोलोजिस्ट डा. सुनन्द पौडेल लगायत अस्पतालका चिकित्सक, नर्स, कर्मचारी र न्युरो हेल्थ कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापनमा बोल्दै डा. पौडेलले छारे रोगका बारेमा अझै पनि नेपाली समाजमा धेरै गलत बुझाइ रहेको बताए । उनले भने, ‘छारे रोग देवीदेवता रिसाएर वा कुनै दैवी शक्ति (जंगली) लागेर हुने समस्या होइन । यो मस्तिष्कको कोषहरूमा हुने विद्युतीय प्रवाह वा रासायनिक प्रणालीमा अचानक उत्पन्न हुने गडबडीका कारण हुने समस्या हो ।’

डा. पौडेलले थपे, ‘धेरै मानिस अझै पनि झारफुक र बलि चढाएर यो रोग निको हुन्छ भन्ने भ्रममा छ, जसले गर्दा बिरामीको अवस्था झन् बिग्रन सक्छ । न्युरो विशेषज्ञको सल्लाह अनुसार नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गरेमा यो रोग पूर्ण रूपमा निको हुन्छ ।’

नेपालमा छारे रोगका बिरामीहरूले अझै पनि सामाजिक भेदभाव र घृणाको सामना गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने अस्पतालको विश्वास छ ।

विगत २५ वर्षदेखि न्युरो सेवामा दिँदै आएको हस्पिटलले ‘पर्पल डे’ को अवसरमा बिहीबार (आज) देखि छारे रोगका बिरामीहरूका लागि विशेष सहुलियतसहितको ‘स्वास्थ्य सप्ताह’ समेत सुरु गरेको जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
इनरुवामा बरामद गाँजा २,५६६ किलो
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×