एन्फाको निर्वाचन स्थगित

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १२, बिहीबार १९:४१

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बन गरेपछि गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित गरिएको छ ।

राखेपले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको हो । उक्त निलम्बनसँगै यसअघि तय गरिएको निर्वाचन स्थगित गरिएको छ । एन्फा निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै चैत १३ गतेका लागि निर्धारित निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

राखेपको निर्णयपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको समितिले स्पष्ट पारेको छ । राखेपको कार्यकारी समितिको बैठकले खेलकुद विकास ऐन, २०७७ अनुसार एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

राखेपले स्वीकृति नलिई निर्वाचन प्रक्रिया अघि नबढाउन पटकपटक निर्देशन दिएको भए पनि एन्फाले त्यसको बेवास्ता गर्दै निर्वाचन गर्ने अडान राखेपछि यस्तो निर्णय लिइएको हो । निर्वाचन विवादका कारण एन्फाभित्र आन्तरिक मतभेद पनि चुलिएको थियो ।

एन्फा नेतृत्वमाथि लागेको निलम्बन र बढेको विवादका कारण फुटबल प्रशासन अन्योलमा परेको छ । अब राखेपको निर्णय र आगामी संवादपछि मात्रै निर्वाचनको नयाँ मिति तय हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×