महासंघको चुनावी सरगर्मी विराटनगरमा

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार ०८:३८
महासंघको चुनावी सरगर्मी विराटनगरमा

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको सरगर्मी बढेसँगै देश दौडाहामा रहेका उम्मेदवारहरूको टोली विराटनगर आइपुगेको छ ।

काठमाडौंबाट आएका महासंघका विभिन्न प्रदेश अध्यक्षहरू, केन्द्रीय सदस्यहरू तथा जिल्ला र नगर उद्योग वाणिज्य संघका अध्यक्षहरू सम्मिलित चुनावी प्रचारप्रसार टोलीलाई मोरङ उद्योग व्यापार संघले एक कार्यक्रमका बीच स्वागत गरेको छ ।

संघका अध्यक्ष अनुपम राठीको सभापतित्व आयोजित स्वागत तथा छलफल कार्यक्रममा निजी क्षेत्रको आगामी नेतृत्व र एजेन्डाबारे घनीभूत छलफल भएको थियो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजाल, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह लगायतका पदाधिकारी एवं कार्यसमिति सदस्यले टोलीलाई स्वागत गरेका थियो ।

छलफलका क्रममा संघका अध्यक्ष अनुपम राठीले महासंघको आगामी निर्वाचनका उम्मेदवारहरूलाई सफलताको शुभकामना दिँदै निजी क्षेत्रको साझा र छाता संगठनलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक रहेकोमा जोड दिए । उनले नेपाल उद्योग वाणिज्य महासंघलाई अझ बढी उत्तरदायी, अनुभवी र क्षमतावान् नेतृत्वको खाँचो रहेको बताए । उद्योगी व्यवसायीका समस्यालाई सरकारसम्म पुर्‍याएर समाधान गर्न सक्ने नेतृत्वका लागि मोरङ उद्योग व्यापार संघले सधैँ साथ र सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि रहने, उनले प्रस्ट्याए ।

कार्यक्रममा सहभागी उम्मेदवारहरूले निजी क्षेत्रको हकहितका लागि आफूहरूले अघि सारेका योजना र प्रतिबद्धताहरू प्रस्तुत गरेका थिए । उनीहरूले मोरङका उद्योगी व्यवसायीहरूले भोग्नुपरेका समस्या र महासंघले खेल्नुपर्ने भूमिकाका बारेमा समेत सुझाव संकलन गरेका थिए ।

भेटघाट कार्यक्रममा संघका पदाधिकारीहरूले महासंघको नेतृत्व चयन गर्दा व्यक्तिभन्दा पनि एजेन्डा र व्यावसायिक इमानदारीलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा मोरङ उद्योग व्यापार संघका कार्यसमिति सदस्यहरू र स्थानीय उद्योगीहरूको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.