५ मन्त्रालय गाभिए, कुन-कुन ?

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १३, शुक्रबार १३:३०

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ लिएका हुन्। प्रधानमन्त्रीको शपथलगत्तै शाहले आफ्नो मन्त्रिमण्डलका नवनियुक्त मन्त्रीहरूलाई पनि शपथ गराएका छन्।

नयाँ सरकारले कार्यभार सम्हालेकै दिन प्रशासनिक खर्च कटौती र चुस्त कार्यसम्पादनका लागि भन्दै मौजुदा मन्त्रालयहरूको संख्यामा भारी कटौती गरेको छ। बालेन नेतृत्वको सरकारले पाँचवटा मन्त्रालयहरूलाई एक-आपसमा गाभ्ने निर्णय गरेको हो। जसअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयलाई गाभेर एउटै बनाइएको छ।

त्यसैगरी, खानेपानी मन्त्रालयलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समाहित गरिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पनि एउटै मन्त्रालयका रूपमा पुनर्संरचना गरिएको छ।

कृषि तथा पशुपन्छी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई एकापसमा गाभिएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई पनि एउटै बनाइएको छ। सरकारको यो कदमलाई प्रशासनिक सुधार र सुशासनतर्फको पहिलो महत्त्वपूर्ण पाइलाका रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.