मिल्स गोल्डकप फुटबल ट्रस्टको अध्यक्षमा पुनः विष्णु डंगोल चयन

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १४, शनिबार १८:५७
मिल्स गोल्डकप फुटबल ट्रस्टको अध्यक्षमा पुनः विष्णु डंगोल चयन

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रस्टको अध्यक्षमा विष्णु डंगोल पुनः सर्वसम्मत चयन भएका छन् । विराटनगरमा भएको तेस्रो वार्षिक साधारणसभाले डंगोलको नेतृत्वमा आगामी १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रल्हाद बस्नेत, महासचिवमा प्रवेश बानियाँ क्षेत्री, सचिवमा राजनकुमार खड्का र कोषाध्यक्षमा जितेन्द्रकुमार साह चयन भएका छन् ।

यस्तै, समितिको सदस्यमा राजेश व्यञ्जनकार, नरेश थापा, राजीव थापा, दीपेन थापा मगर, कृष्णबहादुर राई, सुभाष घिमिरे, राजनराज बाना र ज्योतिकुमारी महतो  छन् ।

नवनिर्वाचित अध्यक्ष डंगोलले आफ्नो अघिल्लो कार्यकालका अनुभवलाई समेट्दै आगामी दिनमा मिल्स गोल्डकपलाई थप उचाइमा पुर्‍याउने र फुटबल खेलको विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×