नेपाल कबड्डी लिग: ६ सहरका टोली र तिनका मालिकहरू सार्वजनिक

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १५, आइतबार ११:०९

काठमाडौं। एस्ट्रोमिक्स म्यानेजमेन्टको आयोजनामा हुने ‘नेपाल कबड्डी लिग’ को दोस्रो सिजनका लागि ६ वटा सहरका फ्रेन्चाइज टोली र तिनका मालिकहरूको नाम सार्वजनिक गरिएको छ। आगामी जेठ २२ देखि काठमाडौँको राखेप कभर्ड हलमा सुरु हुने यस प्रतियोगिताका लागि टोली घोषणासँगै कबड्डीको रौनक बढेको छ।

यस सिजनका ६ टोली र तिनका धनीहरू

काठमाडौँ मेभरिक्स: विमल अग्रवाल र नितेश अग्रवाल

जनकपुर नाइट्स (साविक विजेता): प्रदीप बानिया र विकास अग्रवाल

विराटनगर बान्डिट्स: सन्दीप जाजोदिया

पोखरा लेकर्स: दीपक अग्रवाल र राकेश अग्रवाल

हिमालयन रेडर्स (बुटवल): आशिष जाजोदिया

धनगढी वाइल्डक्याट्स: अमित कुमार बेगानी

यसपटकको लिगका लागि आयोजकले करिब १० करोड रुपैयाँको बजेट विनियोजन गरेका छन्। प्रतियोगितामा नेपालसहित भारत, इरान, कोरिया र पोल्याण्ड लगायत १५ देशका खेलाडीहरूले सहभागिताका लागि दर्ता गराएका छन्।

प्रतियोगिताका सबै खेलहरू ‘कान्तिपुर म्याक्स टीभी एचडी’ मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। अघिल्लो सिजन (सिजन-१) मा काठमाडौँ मेभरिक्सलाई पराजित गर्दै जनकपुर नाइट्सले उपाधि जितेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×