सरकारको १०० बुँदे कार्यसूची र निजी क्षेत्र रणनीतिको महासंघद्वारा स्वागत

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार ११:१८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले जारी गरेको ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ र ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ को स्वागत गरेका छन्। सरकारको यो कदमले निजी क्षेत्रलाई उत्साहित बनाएको भन्दै उनले यसको सफल कार्यान्वयनका लागि सशक्त सहकार्य आवश्यक रहेको बताएका हुन्।

मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउने अध्यक्ष ढकालको विश्वास छ। विशेषगरी सेवा प्रवाहलाई डिजिटल र समयबद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण तथा लगानीमैत्री वातावरण निर्माणजस्ता विषयहरू समेटिनु सकारात्मक रहेको उनले उल्लेख गरे।

लामो समयदेखि उठाउँदै आएका धेरै विषयहरू यसमा समावेश भएको भन्दै ढकालले खुसी व्यक्त गरे। ‘हामी यस सुधार एजेन्डालाई स्वागत गर्दछौँ। यसको प्रभावकारी कार्यान्वयनबाट आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना र दिगो विकासमा ठोस योगदान पुग्ने विश्वास लिएका छौँ,’ उनले भने।

यस निर्णयबाट निजी क्षेत्रको सुरक्षा सुदृढ हुने, व्यवसायीको मनोबल उच्च हुने र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण बन्ने महासङ्घको ठहर छ। रणनीतिको सफल कार्यान्वयनले लगानी वृद्धि र समग्र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास महासङ्घले लिएको छ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.