कानुनमन्त्री सोविता गौतमद्वारा सर्वोच्च अदालतको निरीक्षण

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १५, आइतबार १४:०६

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सर्वोच्च अदालतको निरीक्षण गरेकी छन्। आइतबार बिहान कार्यालय समय सुरु भएसँगै उनी भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको अदालतको भौतिक संरचनाको वस्तुस्थितिबारे जानकारी लिन पुगेकी हुन्।

निरीक्षणका क्रममा मन्त्री गौतमले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल लगायत अन्य न्यायाधीशहरूसँग भेटघाट गरिन्। सो अवसरमा आयोजित परिचयात्मक कार्यक्रममा उनले न्याय क्षेत्रको सुधार र भौतिक संरचनाको पुनर्निर्माणका विषयमा छलफल गरेकी थिइन्।

आन्दोलनका क्रममा ध्वस्त भएको अदालतको संरचनालाई छिटो दुरुस्त बनाउने र न्याय सम्पादनलाई प्रभावकारी बनाउने विषयमा सरकारले प्राथमिकता दिने उनले बताइन्। मन्त्री नियुक्त भएपछि गौतमको यो पहिलो औपचारिक सर्वोच्च अदालत भ्रमण हो।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.