पश्चिम एसियामा युद्ध फैलिँदा तेल महँगियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १६, सोमबार ०६:५९

एजेन्सी । पश्चिम एसियामा द्वन्द्व चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । इरान समर्थित हुथी विद्रोहीले पहिलो पटक इजरायल माथि आक्रमण गरेपछि क्षेत्रीय तनाव थप गम्भीर बनेको हो ।

युद्ध फैलिँदा तेल महँगिएको छ । सोमबार ब्रेन्ट क्रुडको मूल्य करिब २.८ प्रतिशतले बढेर प्रति ब्यारेल ११५ डलर नाघेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट पनि १०२ डलरभन्दा माथि पुगेको छ ।

ऊर्जा बजारमा आएको यो उछालले विश्वव्यापी इन्धन आपूर्ति र मूल्यमा थप दबाब पर्ने संकेत गरेको छ । युद्धका क्रममा इरानको राजधानी तेहरानमा विस्फोट भएका छन् भने केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

त्यसैगरी लेबनानमा हवाई आक्रमण हुँदा पत्रकारसमेत प्रभावित भएका छन् । क्षेत्रीय सुरक्षा अवस्था कमजोर बन्दै जाँदा शैक्षिक संस्थाहरूले समेत अनलाइन कक्षा सुरु गरेका छन् ।

खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूमा समेत क्षति पुगेको खबरले तनाव थप बढाएको छ । यद्यपि, कूटनीतिक प्रयास जारी रहेको बताइए पनि युद्ध विस्तार हुने चिन्ताले अन्तर्राष्ट्रिय बजार र राजनीतिक वृत्तमा अस्थिरता बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.