विराटनगरमा घर निर्माण प्रदर्शनी : ५ उत्कृष्ट स्टललाई ‘एक्सिलेन्स अवार्ड’ प्रदान

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १६, सोमबार १९:५०

विराटनगर । उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गरेको ‘घर निर्माण प्रदर्शनी २०८२’ सम्पन्न भएको छ । सोमबार आयोजित एक विशेष समारोहका बीच प्रदर्शनीमा सहभागी ८० भन्दा बढी स्टलमध्ये विभिन्न विधामा उत्कृष्ट ५ स्टललाई ‘एक्सिलेन्स अवार्ड’ प्रदान गर्दै कार्यक्रमको समापन गरिएको हो ।

चैत १२ देखि १६ गतेसम्म विराटनगरको जैन भवनमा भएको प्रदर्शनीमा उपभोक्ताहरूको अवलोकन, सामाजिक सञ्जालमार्फत गरिएको भोटिङ र निर्णायक समितिको मूल्यांकनका आधारमा उत्कृष्ट स्टलहरूको छनौट गरिएको थियो । उद्योग संगठन मोरङका कार्यसमिति सदस्य किरण व्यासको संयोजकत्वमा गठित कार्य दलले अवार्डको निर्णय गरेको हो ।

सम्भावनायुक्त नयाँ व्यवसायी (स्टार्टअप)मा हनुमन्ता  ग्र्स, उत्कृष्ट स्टल डिजाइन तथा सजावटमा मार्बल टेक्नोप्लाष्ट, नवीन तथा अन्तरक्रियात्मक उत्पादन प्रस्तुतिमा विन्डोर सलुसन, दर्शकसँग उत्कृष्ट अन्तक्र्रिया र संलग्नतामा सीपी मार्बल्स र दिगो अभ्यास तथा स्थानीय मूल्य योगदानमा बेम्बो आर्किटेक्चरल सलुसनले अवार्ड प्राप्त गरेको छ ।

त्यस्तै, सो अवसरमा उद्योग संगठनका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरियो । सम्मानित हुनेमा संयोजक सुरेन्द्र गोल्छा, सदस्यहरू उकेश अग्रवाल, सौरभ सारडा, वीरेन्द्र राठी, किरण व्यास र सिद्धार्थ काबरा छन् । संगठनका कार्यक्रम अधिकृत अशु चौहानलाई ‘उत्कृष्ट कर्मचारी’ को रूपमा सम्मान गरियो ।

कार्यक्रममा बोल्दै को प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले देशको वर्तमान आर्थिक अवस्थामा स्वदेशी उत्पादनको प्रवद्र्धन र सुस्ताएको बजारलाई चलायमान बनाउन यस्ता प्रदर्शनीले ठुलो टेवा पुर्याउने बताए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिएको यो घर निर्माण प्रदर्शनी पूर्ण रूपमा सफल भएको दाबी गरे । प्रदर्शनीमा भवन निर्माणसँग सम्बन्धित आधुनिक सामग्री, प्रविधि र स्थानीय उत्पादनहरूको वृहत् प्रदर्शन गरिएको थियो ।

अध्यक्ष नन्दकिशोर राठीकाे मन्तव्य 

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.