सर्वोच्चको सिद्धान्त मिचेको भन्दै उच्चका न्यायाधीशद्वय विरुद्ध अवहेलना मुद्दा

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत १७, मंगलबार ११:०१
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

काठमाडौं । उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले न्यायाधीशद्वय ऋषिराज भण्डारी र गोपालप्रसाद बास्तोलाविरुद्ध कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका हुन्। उक्त निवेदनको पेसी चैत १८ गतेका लागि तोकिएको छ।

उच्च अदालतले फैसला गर्दा सर्वोच्च अदालतबाट प्रतिपादित बाध्यकारी कानुनी सिद्धान्तको पालना नगरेको आरोप निवेदनमा लगाइएको छ। चौधरीले आफ्नो रिटमा सर्वोच्चका विभिन्न निर्णयबाट स्थापित सिद्धान्तहरू स्पष्ट उल्लेख गरे पनि त्यसलाई बेवास्ता गरी फैसला गरिएको दाबी गरेका छन्।

नगर प्रहरी तथा ट्राफिक प्रहरीले सवारी साधनमा ‘ह्विल लक’ लगाउने कार्य कानुनी आधारबिना गरिएको भन्दै बदर गराउन उच्चमा रिट दायर गरिएको थियो। तर, अदालतले ट्राफिक व्यवस्थापनका लागि सीमित स्रोत साधनका आधारमा ‘ह्विल लक’ प्रयोगलाई अवैध भन्न नमिल्ने भन्दै रिट खारेज गरिदिएको थियो।

सर्वोच्च अदालतले विभिन्न मुद्दामा ‘कानुनले स्पष्ट अधिकार नदिएसम्म कुनै पनि निकायले अधिकार प्रयोग गर्न नपाउने’ र ‘राज्यका प्रत्येक निकाय कानुनको अधीनमा रहनुपर्ने’ सिद्धान्त प्रतिपादन गरेको छ।

ती सिद्धान्तको जानाजानी अवज्ञा गरिएको भन्दै चौधरीले यो न्यायिक त्रुटि मात्र नभई अदालतको अवहेलना भएको जिकिर गरेका छन्। नेपालको संविधानको धारा १२८ (४) अनुसार सर्वोच्चले प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालना गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

तपाइको प्रतिक्रिया
लुम्बिनी क्वालिफायरमा, लिग चरणबाटै बाहिरियो विराटनगर
छठ : सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन
शिवसताक्षीमा कारको ठक्करले मोटरसाइकल चालकको मृत्यु
 
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
फिल्मको दृश्यमा पक्राउ, फेसबुकमा हर्कको प्रश्न !
एन्फाको अर्ली इलेक्सन गर्ने निर्णय बदर, नियमित निर्वाचन प्रक्रिया अघि बढाउने
‘मधेशमा परिवर्तनको अनुभूति नभए अर्को पटक भोट माग्न आउँदिनँ’
एनपीएलमा लुम्बिनीले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
सलमानको ‘मातृभूमि’ : चर्चामा नेपाली अभिनेता अनुपविक्रम शाही
मधेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु, दाबी पेस गर्न आह्वान
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.