
काठमाडौं। नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। मंगलबार प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५५ हजार १४५ रुपैयाँ तोकिएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १०० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ३९ रुपैयाँ ५० पैसा तोकिएको छ।



















