चैत २२ देखि इटहरीमा ‘अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप’ 

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र १९, बिहीबार ११:२४
चैत २२ देखि इटहरीमा ‘अन्तर्राष्ट्रिय भेट्रान गोल्डकप’ 

इटहरी । इटहरीमा आगामी चैत २२ गतेदेखि ‘छैठौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल’ प्रतियोगिता आयोजना हुने भएको छ ।

हाम्रो इटहरी भेट्रान क्लबले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता चैत २२ देखि २८ गतेसम्म हुने जानकारी दिएको हो । पूर्वखेलाडीलाई फेरि खेलमा सक्रिय गराई नयाँ खेलाडीलाई प्रोत्साहन गर्न र प्रशिक्षक तयार गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको क्लबले जनाएको छ ।

प्रतियोगितामा नेपाल र भारतका कुल ८ टोलीको सहभागिता रहेको छ । भारतको सिक्किमस्थित बम्रिक नामफिङ क्लबका साथै नेपालको आयोजक इटहरी, धरान भेट्रान, हाम्रो धरान, पथरी भेट्रान, एभरेस्ट भेट्रान, विराटनगर भेट्रान र दमक भेट्रान क्लबको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गर्ने छन् ।

त्यस्तै, प्रतियोगितामा प्लेयर अफ द म्याच हुने खेलाडीले १ हजार ५ सय रुपैयाँ, विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता आयोजना गर्न १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×