पेट्रोलियमको मूल्यमा भारी वृद्धि

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २०, शुक्रबार ०६:११
कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा पनि उछाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ । मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

निगमको सञ्चालक समितिले चैत १९ गते बिहीबार लिएको निर्णयअनुसार नयाँ मूल्य शुक्रबार बिहानका राति १२ बजेदेखि लागू भएको हो । नयाँ मूल्यसूचीअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ ।

यसअघि कायम रहेको मूल्यभन्दा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको हो । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य पनि समान रूपमा प्रतिलिटर १५ रुपैयाँले बढाएर १७२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लागिरहेको छ । विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित युद्धजन्य परिस्थितिका कारण कच्चा तेलको आपूर्ति र मूल्यमा अस्थिरता देखिएको छ ।

यही प्रभाव नेपालमा आयात हुने पेट्रोलियम पदार्थको लागतमा परेको निगमले स्पष्ट पारेको छ । निगमले हालको मूल्य समायोजन नगरेको अवस्थामा संस्थानलाई ठूलो आर्थिक भार पर्ने जनाएको छ ।

पछिल्ला विवरणअनुसार निगमले प्रत्येक पन्ध्र दिनमा करिब १३ अर्ब २१ करोड रुपैयाँ बराबरको घाटा व्यहोर्नु परेको छ । यस्तो अवस्थामा मूल्यवृद्धि नगरी विकल्प नरहेको निगमको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको दैनिक जीवनमा पर्ने देखिएको छ । यातायात भाडादेखि लिएर खाद्यान्न तथा अत्यावश्यक वस्तुको मूल्यसमेत बढ्ने सम्भावना रहेको छ । यसले समग्र बजारमा महँगी थप चर्काउने अर्थविद्हरूको आकलन छ ।

विशेषगरी सवारीसाधन प्रयोग गर्ने सर्वसाधारण, ढुवानी व्यवसायी तथा उद्योग क्षेत्र यस निर्णयबाट बढी प्रभावित हुने देखिएको छ । डिजेलको मूल्यवृद्धि भएपछि ढुवानी खर्च बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्यमा पर्ने निश्चित छ ।

सरकारले मूल्य नियन्त्रणका लागि वैकल्पिक उपाय नअपनाएको भन्दै सर्वसाधारण स्तरबाट आलोचना पनि हुन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि कर संरचना र आन्तरिक व्यवस्थापनमार्फत उपभोक्तालाई केही राहत दिन सकिने माग उठिरहेको छ ।

निगमले भने अन्तर्राष्ट्रिय बजार स्थिर नहुँदासम्म मूल्यमा उतारचढाव भइरहने जनाएको छ । आगामी दिनमा पनि कच्चा तेलको मूल्य र विनिमयदरका आधारमा पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन हुन सक्ने निगमको भनाइ छ ।

तपाइको प्रतिक्रिया
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.