
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन् । उनले ५१४ मत प्राप्त गर्दा प्रतिस्पर्धी आङदोर्जी लामा ४१३ मतमा सीमित भए ।
वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित निर्वाचित भए । महासचिव पदमा भने पाण्डे इतर समूहका शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भएका छन् ।
घिमिरेका प्रतिस्पर्धी बलिभद्र राना ३८० मतमा रोकिएका थिए । निर्वाचनपछि महासंघमा नेतृत्वको नयाँ समीकरण बनेको छ ।
यी हुन् महासंघमा निर्वाचित हुनेहरु



















