नेपाली क्लाइम्बिङ टोली चीन प्रस्थान 

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २०, शुक्रबार १३:४५
एसियाली खेलकुद छनोट र विश्व सिरिजका लागि नेपाली क्लाइम्बिङ टोली चीन प्रस्थान 

काठमाडौं । चीनमा आयोजना हुने दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको चुनौती पेस गर्न नेपाली क्लाइम्बिङ टोली आगामी आइतबार चीन प्रस्थान गर्ने भएको छ ।

टोलीले जापानमा हुने २० औँ एसियाली खेलकुदको छनोट प्रतियोगिताका साथै विश्व क्लाइम्बिङ सिरिजमा सहभागिता जनाउने छ । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका अनुसार प्रतियोगिताको पुरुष विधामा तेन्जिङ बर्टिन राई र रोनक उप्रेतीले प्रतिस्पर्धा गर्नेछन् भने महिला विधामा स्वस्तिका चौधरीले नेपालको प्रतिनिधित्व गर्ने छिन् ।

चीनको मिसानमा अप्रिल ८ देखि १२ तारिखसम्म ‘एसियाली क्लाइम्बिङ च्याम्पियनसिप’ सञ्चालन हुनेछ । नेपालले यसमा ‘बाउल्डर’ र ‘लिड’ स्पर्धामा भाग लिने छ । यस प्रतियोगितामा शीर्ष १६ स्थानभित्र पर्न सकेमा नेपाली खेलाडीहरूले आगामी एसियाली खेलकुदमा आफ्नो स्थान सुरक्षित गर्ने छन् । संघका महासचिव सन्तोष माडेनले नेपाली खेलाडीहरू उच्च मनोबलका साथ मैदानमा उत्रने बताए ।

च्याम्पियनसिप लगत्तै टोलीले मे १ देखि ३ सम्म चीनकै केकियाओमा हुने ‘विश्व क्लाइम्बिङ सिरिज’मा भाग लिनेछ । यसमा ‘बाउल्डर’ विधा मात्र समावेश गरिएको छ । दुई प्रतियोगिताको बीचको समयमा नेपाली खेलाडीहरूले त्यहीं नै विशेष प्रशिक्षण लिने जानकारी संघका सचिव सुजित कँडेलले दिए ।

प्रतियोगितामा सहभागी हुने टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमका बीच सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

बिदाइका क्रममा उनले नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरी देशको नाम उच्च राख्ने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×